महाअभियोग सिफारिस समितिको बैठक बस्दै
तु खबर संवाददाता
२०७९ आश्विन १,शनिबार ०९:०५
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए ।
उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए ।जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।