६८१ कैदीको सजाय मिनाहा

तु खबर संवाददाता
२०७९ आश्विन ३,सोमबार ०८:४१
file-photo

काठमाडौं । आठौं संविधान दिवसका अवसरमा ६८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार, कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका १८१ कैदीको कैद सजाय मिनाहा गरेकी हुन् ।

उनले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ ।

त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।