बाढीका कारण हेटौंडा–भीमफेदी सडकखण्ड बन्द

तु खबर संवाददाता
२०७९ आश्विन ३,सोमबार १८:१८
file-photo

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने बागझोरामा आज साँझ परेको वर्षासँगै आएको बाढीका कारण यातायात अवरुद्ध बनेको छ ।

भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित बागझोरामा ठूलो बाढीका कारण बाटोमा ढुङ्गा थुप्रनुका साथै पानीको सतह बढेकोले दुबै तर्फका यात्रुबाहक सवारी साधन बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त स्थानमा प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको छ । बाढीका कारण हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, फाखेल–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्डमा संचालन हुने सबै सवारीसाधन रोकिएको छ ।