हेटौंडामा २३ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७९ आश्विन ७,शुक्रबार १८:१८

मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार भएको रक्तदान कार्यक्रममा २३ जनाले रगत दान गरेका छन् ।

हेटौंडा अटोमोबाइल्स एशोसिएयन तथा नाडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा बुद्धचोकस्थित भएको रक्तदान उनीहरुले रगत दान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।

उनका अनुसार, २२ जना पुरुष र १ जना महिलाले रक्तदान गरेका हुन् ।