हेटौंडामा पत्रकारसँग लैङ्गिक अल्पसंख्यकको अन्तरक्रिया

तु खबर संवाददाता
२०७९ आश्विन ८,शनिबार १६:०९

मकवानपुर । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या र समुदायको अधिकार प्राप्तीका लागि भइरहेका कामहरुको विषयमा हेटौंडामा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रम यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको लागि वकालत गरिरहेको संस्था ब्लु डाइमण्ड सोसाइटी र फ्रेन्ड्स् हेटौंडाको आयोजनामा भएको हो ।

अधिकारकर्मीहरुले संविधानमा उल्लेख भएका अधिकारहरु पनि आफूहरुले प्राप्त गर्न नसकेको भन्दै त्यस अधिकार प्राप्तीको आन्दोलनमा पत्रकारहरुको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

अन्तरक्रियामा संविधान अनुसार कानून निर्माण गर्न तथा राजनीतिक दलहरुमा दबाब सिर्जना गर्न पत्रकार र पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा मकवानपुरका विभिन्न संचारमाध्ययममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।