हेटौंडामा ‘झुमर’ बारे अन्तरक्रिया
मकवानपुर। हेटौंडामा लेखक सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ बारे अन्तरक्रिया कार्यक्रम भएको छ । आँचल साहित्य कला पुञ्जले सोमबार शुभकामना आदानप्रदान तथा पुस्तक चर्चाका रुपमा आयोजनामा गरेको कार्यक्रममा उपन्यास ‘झुमर’ बारे छलफल भएको हो ।
साहित्य सङ्गमको सभाहलमा भएको कार्यक्रममा पुस्तकबारे समीक्षकहरू घनश्याम घिमिरे ,नीरा शर्मा र कवि छवि अनित्यले परिचर्चा गरेका थिए । आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लेखकहरू ज्योत्सना श्रेष्ठ, भवानी तिमल्सिना, मिन प्रसाद लामिछाने, राजकुमार लामिछाने, पूर्णकला घिमिरे, मञ्जु खराल, सम्प्रस पौडेललगायतको सहभागिता रहेको थियो ।