सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मकवानपुर । बलात्कार अभियोगमा हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।