राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सेवा ७७ वटै जिल्लामा सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्वर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकको शेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।