४६ मिनेटभित्र २ वटा भूकम्पको धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा नेपाल चीन सीमा केन्द्रविन्दु बनाएर बुधबार दिउँसो ४५ मिनेट भित्र २ वटा भूकम्पको धक्का महसुस भएको गएको छ । सीमा नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु बनाएर ३ बजेर ७ मिनेट जाँदा पहिलो भूकम्प गएको थियो ।
त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको रहेको केन्द्रले जानकारी दिएको छ । पहिलो धक्का मकवानपुर आसपासका जिल्लामाहरु पनि महसुस भएको थियो ।