एक पुरुष मृत अवस्थामा फेला
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा एक जनाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ अन्दाजी ४० वर्षीय एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । मृतक पुरुषको पहिचान खुलेको छैन । उनको मृत्युुको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने जनाएको छ ।