‘गठबन्धनको कारण मुलुक आर्थिक संकटमा’

तु खबर संवाददाता
२०७९ कार्तिक १९,शनिबार १८:२५

मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकलाल श्रेष्ठले गठबन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट निम्तिएको बताएका छन् ।

हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनले मुलुकलाई तहसनहस बनाएको बताए । नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकार शुनिश्चित हुनुपर्ने उनले बताए ।

गठबन्धनकै कारण अहिले मुलुक चिन्ताजनक अवस्थामा रहेको उनको भनाई छ । अब हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउन आफुले पहल गर्ने उनले बताए ।