करेन्ट लागेर एक जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/08/karent-lagera-mritu.jpg)
वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । करेन्ट लागेर बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, करेन्ट लागेर वीरगञ्ज–३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्र प्रसाद यादव घाइते भएका छन् । वीरगञ्ज–२२ ड्राइपोर्ट परवानीपुर सडकखण्डको जगरनाथपुरस्थित क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्वरको टिपरले माटो खसालेको थियो ।
सो क्रममा माटो खसालेर टिपर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिएको थियो । चुडिएको तारले ड्राइपोट्रबाट परवानीपुर तर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याउने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।