आज हल्का वर्षा र हिमपातको सम्भावना

२०७९ कार्तिक २४,बिहीबार ०७:४६

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तै, शुक्रबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।