गेष्ट हाउसमा लगेर बालिका बलात्कार, एक जना पक्राउ
काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर–९ लसनिया घर भई हाल काठमाडौं महानगरपालिका–१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन् ।
ती बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारेको थियो ।
उनलाई सोधपुछ गर्दा शेखले ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त सोही गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुल्न आएपश्चात निजलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।