दुर्घटनामा परेर पत्रकार कँडेलको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ३,शनिबार ०८:३४
File Photo

रुपन्देही । मोटरसाइकल दुर्घटनामा परेर रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको मृत्यु भएको छ । शुक्रबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नं.को रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले लु ४४ प ८२०१ नं.को मोटरसाइकललाई ठक्कर दिँदा कंडेलको मृत्यु भएको हो ।

मृतक कंडेल मोटरसाइकल चालक हनु् । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।