१८ हजार २९५ गणना गर्दाः मतान्तर घटाउँदै विरोध खतिवडा

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार १५:५३
file-photo

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले नेकपा एमालेका महेश बर्तौलालाई पछ्याइरहेका छन् ।

बर्तौलाले २२४ को मतान्तर बनाउँदा खतिवडा त्यसलाई कम गर्न प्रयास गरिरहेका छन् ।

यसअघि खतिवडा बर्तौलासंग ३४१ मतले पछि परेका थिए । कुल १८ हजार २९५ मत गणना हुँदा खतिवडाले ६ हजार ९४६ मत पाएका छन् भने एमालेका बर्तौलाले ७ हजार १७० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार ४२९ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।