हेटौंडा–७ को मतगणना सकियोः एमालेका श्रेष्ठको अग्रता कायमै पराजुली तेस्रो स्थानमा
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (ख) मा नेकपा एमालेका एकलाल श्रेष्ठले अग्रता कायमै राखेका छन् ।
सुरुवाती चरणमा मतका हिसाबले पछाडि परेका श्रेष्ठले अहिले भने अग्रता कायमै राखेका हुन् । भर्खरै हेटौंडा–७ को मतगणना भएको छ ।
हालसम्म श्रेष्ठले ७ हजार ३१५, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ६ हजार ३९१ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गुन्जनबहादुर न्यौपानेले ६ हजार ८७३ मत पाएका छन् । मतगणना जारी रहेको छ ।