५५४९९ गणना गर्दा महेश बर्तौलाको अग्रता कायमै
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०७९ मंसिर ७,बुधबार १८:०५
![](https://www.tukhabar.com/wp-content/uploads/2022/11/Mahesh_bartaula_birodh_khatiwoda.jpg)
हेटौंडा । प्रतिनिधिसभा मकवानपुर निर्वाचन क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले बर्तौलालाई पछ्याइरहेका छन् ।
एमालेका बर्तौलाले १ हजार ६०७ मतको अग्रता बनाउँदा उनलाई उछिन्न खतिवडालाई हम्मेहम्मे पर्ने देखिएको छ । सुरुवात देखि नै पछि परेका खतिवडा बर्तौलालाई उछिन्न प्रयासरत रहेका छन् ।
कुल ५५ हजार ४९९ मत गणना गर्दा एमालेका बर्तौलाले २१ हजार ८४४ मत पाएका छन् । उनलाई एकीकृत समाजवादीका खतिवडाले २० हजार २६७ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ७ हजार ७२० मत प्राप्त गरेका छन् ।
गत आइतबार सम्पन्न मतदानमा कुल ८६ हजार ६५२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।