चितवन १ (ख) बाट समाजवादीका खनाल विजयी
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/krishan-khanal-e1630470364504.jpg)
चितवन । चितवन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल विजयी भएका छन् ।
गठवन्धनबाट उम्मेदवार बनेका खनाल नेकपा एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् । खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत प्राप्त गरे ।
खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा प्रदेश सांसद पदमा निर्वाचित भएका थिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले १ हजार ४१९, कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले ७ हजार ५१९ मत प्राप्त गरे । ७३ हजार ८ सय ३० मतदाता रहेको यो क्षेत्रमा ५१ हजार १ सय ३२ मत खसेको थियो । त्यसमा १ हजार ९४३ मत बदर भएको थियो ।