झलनाथ खनालद्वारा पुनः मतदानको माग

तु खबर संवाददाता
२०७९ मंसिर १०,शनिबार १५:३३
file-photo

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएको भन्दै पुनः मतदानको माग गरेका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्न माग गरेका हुन् ।

पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका हुन् । उनले सो बारे पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् ।

पछिल्लो गणनाअनुसार, इलाम–२ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले अग्रतालाई लिइरहेका छन् ।