नाइजेरियामा बन्दुक आक्रमणबाट १५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १०,शनिबार १५:४६
सांकेतिक तस्वीर

नाइजेरिया । उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परेर १५ जनाको मृत्यु भएको छ । साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिए ।

कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरी सो आक्रमण गरेको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । बन्दुकधारीले पैसा सङ्कलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए ।