आजको मौसम : केही भू–भागमा आंशिक बदली
![](https://www.tukhabar.com/wp-content/uploads/2019/07/mausam.jpg)
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । सोमबार प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, भोली मंगलबार देशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागमा हुस्सु रकुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।