मकवानपुरमा ३१ हजार भन्दा बढी मत बदर
![](https://www.tukhabar.com/wp-content/uploads/2021/05/pradesh-nirwachan-aayog-htd-e1631066638954.gif)
मकवानपुर । मकवानपुरमा यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३१ हजारभन्दा बढी मत बदर भएको छ ।
जिल्लामा प्रतिनिधि सभातर्फका २ र प्रदेश सभातर्फका ४ वटै निर्वाचन क्षेत्रमा ३१ हजार ४७४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मकवानपुर–१ मा ९१ हजार ४८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ । यस्तै, प्रदेश सभा प्रत्यक्षतर्फ मकवानपुर–१ (क) मा ४६ हजार २३० मत खसेकोमा १ हजार ६६३ मत र मकवानपुर–१ (ख) मा ४५ हजार ८० मत खस्दा १ हजार ५०४ मत बदर भएको छ ।
यस्तै, प्रतिनिधि सभा प्रत्यक्षतर्फ मकवानपुर–२ मा ८६ हजार ३०१ मत खसेकोमा ४ हजार १०२ मत बदर भएको छ । प्रदेश सभाको प्रत्यक्षतर्फ मकवानपुर–२ को (क) मा ४५ हजार ८५३ मत खसेकोमा १ हजार ५९९ मत र मकवानपुर–२ (ख) मा ४३ हजार ३२९ मत खसेकोमा १ हजार ४९४ मत बदर भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ मकवानपुर–१ मा ९१ हजार ५२७ मत खसेकोमा ३ हजार ५८२ मत बदर भएको छ । प्रदेशसभा समानुपातिकतर्फ मकवानपुर–१ (क) मा ४५ हजार ७५ मत खसेकोमा १ हजार ६९८ मत बदर भएको छ भने मकवानपुर–१ (ख) मा ४६ हजार १२ मत खसेकोमा २ हजार ३९५ मत बदर भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ मकवानपुर–२ मा ८६ हजार ३३८ मत खसेकोमा ४ हजार ११४ मत बदर भएको छ भने प्रदेशतर्फ ८६ हजार ३३ मत खसेकोमा ५ हजार २६६ मत बदर भएको निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।