काठमाडौंबाट सिमरा उडेको जहाजमा समस्या देखिएपछि …

तु खबर संवाददाता
२०७९ मंसिर १३,मंगलवार १८:२५
file-photo

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरी काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता गरिउको हो । बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुहरुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० जना यात्रु चढेका थिए ।