कानुन बमोजिम काम नगर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा
![](https://www.tukhabar.com/wp-content/uploads/2022/11/sarbajanika-kharida-anugaman-karyalaya.jpg)
काठमाडौं । कानुन बमोजिम काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।
अनुगमन कार्यालय ती व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखिएको हो ।
कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।