खोला किनारका बस्ती खाली गर्न प्राधिकरणको निर्देशन

तु खबर संवाददाता
२०७९ मंसिर १४,बुधबार १०:३५

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न निर्देशन दिएको छ । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन प्राधिकरणले आह्वान गरेको हो ।

उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ ।

सूचनामा भनिएको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।’