प्रतिनिधि सभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

मकवानपुर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
सो सार्वजनिक मतपरिणाम अनुसार, प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् ।
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नेकपा एमालेबाट
धनकुटा–१ बाट राजेन्द्रकुमार राई
पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ
सोलुखुम्बु–१ मा मानवीर राई
खोटाङ–१ मा रामकुमार राई
इलाम–२ बाट सुवास नेम्वाङ
झापा–४ बाट लालप्रसाद साँवा लिम्बू
सिराह–३ बाट लिलानाथ श्रेष्ठ
काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ
ललितपुर–२ बाट प्रेमबहादुर महर्जन
कास्की–१ बाट मनबहादुर गुरुङ
लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ
कञ्चनपुर–१ बाट तारा लामा तामाङ
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट
तेह्रथुम–१ मा सीता गुरुङ
मोरङ–१ मा डिगबहादुर लिम्बू
रामेछाप–१ मा पूर्णबहादुर तामाङ
मनाङ–१ मा टेकबहादुर गुरुङ
मुस्ताङ–१ मा योगेश गौचन थकाली
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नेकपा (माओवादी केन्द्र) बाट
भोजपुर–१ मा सुदन किराँती
काभे्रपलाञ्चोक–१ मा सूर्यमान तामाङ (दोङ)
नुवाकोट–१ मा हितबहादुर तामाङ
रुकुमपूर्व– १ मा पूर्णबहादुर घर्तीमगर
रोल्पा–१ मा वर्षमान पुन
हुम्ला–१ मा छिरिङ डम्डुल लामा (भोटे)
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नेकपा एकीकृत समाजवादीबाट
डोटी–१ मा प्रेमबहादुर आले
डोल्पा–१ मा धनबहादुर बुढा
बारा–४ मा कृष्णकुमार श्रेष्ठ
डोल्पा–१ मा धनबहादुर बुढा
दैलेख–१ मा अम्मरबहादुर थापा
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट
झापा– १ मा राजेन्द्रप्रसाद लिङ्देन
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा जनता समाजवादी पार्टी, नेपालबाट
सुनसरी–१ मा अशोककुमार राई
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट
काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ
प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नागरिक उन्मुक्ति पार्टीबाट
कैलाली–१ बाट निर्वाचित रञ्जिता श्रेष्ठ रहेका छन् ।
यस्तै, दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ ।