मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना स्थगित

तु खबर संवाददाता
२०७९ मंसिर १६,शुक्रबार १०:२३
file-photo

बाजुरा । बाजुराको मतगणना फेरि स्थगित भएको छ । निर्वाचन भएको ११ दिनपछि बिहीबार सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि पुनः स्थगित भएएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा रहेका छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत प्राप्त गरेका थिए ।