जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १६,शुक्रबार १६:४७
सांकेतिक तस्वीर

जुम्ला । जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार, बेहोस अवस्थामा भेटिएका युवकको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार, मृतक जुम्ला घुमफिर गर्न आएको बुझिए र उनले मदिरा सेवन गरेको पाइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।