बेलायतमा नेपालीको जनसङ्ख्या ७२ प्रतिशतले वृद्धि

तु खबर संवाददाता
२०७९ मंसिर १७,शनिबार ०८:२८

बेलायत । बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा ७२ प्रतिशतले बेद्धि भएको छ । बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषण अनुसार यसअघि सन् २०११ को जनगणनामा इंग्ल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको सङ्ख्या ६० हजार २०२ मात्र थियो ।

एक दशकमा त्यो सङ्ख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको सङ्ख्या १ लाख ३ हजार ८७५ पुगेको छ ।

बेलायतको दुई प्रमुख राज्य इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै (ओएनएस) ले सो तथ्य सार्वजनिक गरेको हो ।