हेटौंडामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले सोमबार हेटौंडामा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा महासंघले हेटौंडा–४ स्थित फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।
महिला संजाल र महिला संचारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । प्रतियोगितामा महिला संजालले महिला संचारकर्मीलाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी हाँसिल गरेको छ ।
महिला संजालको तर्फबाट एलिसा जिम्बा र लक्ष्मी श्रेष्ठले १/१ गोल गरेका थिए भने महिला संचारकर्मीको तर्फबाट सम्झना घिमिरेले १ गोल गरेकी थिइन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, विभिन्न संगठनका प्रतिनिधीहरु, महिला संजालमा आवद्ध विभिन्न संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।