चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने महिला प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ मंसिर २१,बुधबार १६:३९

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन् ।