चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन सर्कुलर जारी
तु खबर संवाददाता
२०७९ मंसिर २१,बुधबार १७:१७
काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।
सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ । अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुङ्गो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाअभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ ।