लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया
![](https://www.tukhabar.com/wp-content/uploads/2022/12/htd.jpg)
मकवानपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहीबार हेटौंडामा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फ्री मिडिया नेटवर्कको संयुक्त आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रम महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता एवम् नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सल्लाहकार निर्मला शर्माको प्रमुख आतिथ्यता भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारी,पत्रकार महासंघ बागमती प्रदेश पुर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघका रमिला सापकोटा, महिला अधिकारकर्मी शर्मिला श्रेष्ठलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा १९ गते महिला अधिकारकर्मी र महिला पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।