फिल्म हलमा विश्वकप देखाए कारबाही गरिने
![](https://www.tukhabar.com/wp-content/uploads/2022/12/bhuwan-kc-news-e1670581918928.jpg)
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा सचेत गराएको छन् ।
बोर्ड अध्यक्ष केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।,’