अमेरिकामा फ्लुबाट ७३०० जनाको मृत्यु

एजेन्सी
२०७९ मंसिर २४,शनिबार १५:५३

काठमाडौं । संयुक्त राज्य अमेरिकामा फ्लुबाट ७ हजार ३ सय जनाको मृत्यु छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कअनुसार, फ्लुबाट उक्त संख्यामा मृत्यु भएको हो ।

डिसेम्बर ३ सम्ममा हप्तामा २५ हजारभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएका थिए । मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् ।