यी हुन् राप्रपाबाट समानुपातिकतर्फका २४ सांसद (सूचीसहित)

तु खबर संवाददाता
२०७९ मंसिर २५,आईतवार १६:१८
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फका २४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

जसअनुसार प्रतिनिधि सभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपालीको नाम सिफारिस भएको छ ।

यस्तै, प्रदेशत सभाको समानुपातिकतर्फ प्रदेश नम्वर १ मा प्रपेमराज थाम्सुहाङ, निम्सरी राजवंशी, अम्बर बहादुर विष्ट र गोपाल बहादुर विश्वकर्माको नाम सिफारिस भएको छ ।

यसैगरी, मधेस प्रदेशमा कञ्चन बिच्छाको नाम सिफारिस हुँदा बागमती प्रदेशमा भुवन पाठक, कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ र लक्ष्मी घिमिरे सिफारिस भएका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशमा पञ्चराम गुरुङ र विन्दु पहाडी, लुम्बिनी प्रदेशमा मेनुका खाँण र मिना श्रेष्ठ सिफारिस हुँदा कर्णाली प्रदेशमा सन्तोषी शाही र सुदूरपश्चिम प्रदेशमा खेमादेवी विष्टको नाम सिफारिस भएको छ ।