मोरक्कोको विमानले दोहाका लागि ३० उडान थप्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2022/12/Royal-air-morocco.jpg)
काठमाडौं । मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न उडान थप्ने भएको हो ।
मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ । जारी विश्वकपमा एक मात्र अपराजित टिम मोरक्कोले सेमिफाइनलमा पुग्न पोर्चुगललाई पराजित गरेको थियो ।
आफ्ना समर्थकलाई दोहा पु¥याउन मोरक्कोले बुधबार ३० वटा उडान सञ्चालन गर्ने सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।