विश्वकप फुटबल अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै

तु खबर संवाददाता
२०७९ मंसिर २७,मंगलवार ०८:३६

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच खेल हुनेछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसियाले लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा बनाएको छ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।

यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो ।