भूमि व्यवस्थासम्बन्धी कानून एकीकृत संशोधन गर्न समिति गठन

तु खबर संवाददाता
२०७९ पुष १,शुक्रबार ०८:४९
file-photo

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी संघीय संसदमा पेस गर्न भूमिसम्बन्धी एकीकृत ऐन कानून तर्जुमा समिति गठन गरिएको छ ।

मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा समिति गठन गरिएको हो ।

मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पाँच सदस्यीय समिति गठन गरेकी हुन् । समितिमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयका सहसचिव जनकराज जोशी सदस्य रहेका छन् ।

समितिमा मन्त्रालयको भूमि व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पदमानिधि सोती सदस्य सचिव रहेका छन् । समितिले गत मंसिर १३ गतेदेखि काम सुरु गरेको हो ।