मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत

तु खबर संवाददाता
२०७९ पुष ३,आईतवार १७:३५
file-photo

काठमाडौं । वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।

कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई (सिजनल वर्कर) को रूपमा बेलायत, दक्षिण कोरिया, क्यानडा लगायतका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।

यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैधानिक रूपमा नै सिजनल वर्कर जान पाउने भएको मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी गराए ।