विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई
काठमाडौं । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारेको हो । यससँगै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ ।
फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।
लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएक थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।