स्पेनमा एक जना नेपालीको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
बार्सिलोना । स्पेनमा एक जना नेपालीको मृत्यु भएको छ । कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको हो ।
क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका हुन् ।
गौतम झण्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए । मृतक गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन् ।
लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए । मृतक गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।