बागमती प्रदेश – एमाले संसदीय दलको नेतामा थपलिया निर्विरोध

तु खबर संवाददाता
२०७९ पुष १४,बिहीबार १३:४४

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा चितवनका जेएन थपलिया निर्विरोध निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् । बागमतीमा नेकपा एमालेको २७ जना प्रदेशसभा सदस्य रहेका छन् ।

थपलियाका विरुद्ध एमालेका अन्य कसैको पनि उम्मेदवारी परेको थिएन । डोरमणि पौडेल मुख्यमन्त्री रहेका बेला उनको राजनीतिक सल्लाहकारको रुपमा काम गरेका थपलिया आज दलको नेतामा निर्वाचित भएका हुन् ।

यस अघि हिजो सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका थिए ।