उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् ।
जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ः०० बजे, दोस्रो ८ः१४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।
तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ ।