लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा
कैलाली । धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ४ सय १० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ फुलवारी बस्ने २५ वर्षीय प्रताप ओखेडा र २५ वर्षीय मनोज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले से. ५ प ९३७१ नम्वरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।