सर्वोच्च बारको निर्वाचन पुस २३ गते हुने

तु खबर संवाददाता
२०७९ पुष १९,मंगलवार १७:२८

काठमाडौं । सर्वोच्च बार एशोसिएशनको निर्वाचन यही पुस २३ गते हुने भएको छ । सर्वोच्च बार एशोसियशनको नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन हुने भएको हो ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । २ बर्षे कार्यकाल रहेको सर्वोच्च बारमा ६ सय २१ जना मतदाता रहेका छन् ।