कोरोनाबाट ज्यान गुमाएकाको संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइर (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको संख्या सार्वजनिक गर्न आग्रह गरेको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर, चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ ।
डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनसँग उच्चस्तरीय बैठक गरेको जानकारी दिंदै चीनको अवस्थाबाट आफूहरु चिन्तित रहेको बताएका छन् ।