कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष २१,बिहीबार १६:३४
file photo

काठमाडौं । सिन्धुपाल्चोकमा बिहीबार बिहान कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ ।

बिहान ९ बजे बलेफी गाउँपालिका–४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म संचालन गर्दै आएका थिए । त्यस फर्ममा काम गर्ने २५ वर्षीय निर्जला कार्कीका ३ वर्षीय छोरा निर्जलको आगाले जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले

सवा १० बजे प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट अन्दाजी ६ लाख १४ हजार बराबरको क्षति भएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।