सर्वोच्च बारको अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं । सर्वोच्च बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला निर्वाचित भएका छन् । बारको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता निरौला निर्वाचित भएका हुन् ।
उनी २८९ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्ष पदमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल निर्वाचत भएका छन् । त्यस्तै, एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल निर्वाचित भएकी छन् ।
यसैगरी, सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट निर्वाचितको कार्यकाल २ वर्ष हुनेछ ।